वाग्नर समूहका प्रमुख प्रिगोजिन चढेको विमान दुर्घटना : प्रिगोजिनसहित १० जनाको ज्यान गयो

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार ११:२८

एजेन्सी । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ ।

विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री उत्किन पनि रहेका थिए । विमानमा रहेका सबै १० जनाको शव फेला परेको आपत्कालीन सेवा प्रदायकलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जाल अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ । त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ । गएको जुनमा रुसमा यो समूहले विद्रोह गरेको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनसँगको समझदारीअनुसार विद्रोहपछि लडाकु समूहका प्रमुख बेलारुस गएको ठानिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*