१५ वर्षपछि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फिर्ता

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १०:३६

एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनुभएको छ । उहाँ १५ वर्षको स्वनिर्वासनपछि आज बिहान स्वदेश फर्कनुभएको हो । थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिनुभएको बीबीसीले जनाएको छ ।

आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा स्वागत गर्दा समर्थकहरूले उत्सव मनाइरहेका छन् । उहाँकी बहिनी एवं पूर्व प्रधानमन्त्री यिङ्गलक सिनावात्राले टिकटकमा विमान चढ्दै गरेको एउटा भिडियो समेत पोष्ट गर्नुभएको थियो । थाइल्यान्डमा सन् २००६ मा भएको सैन्य ‘कु’ बाट उहाँ सत्ताच्युत हुनुभएको थियो ।

सन् २००६ सेप्टेम्बरमा उहाँ संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्ने तयारीका लागि न्युयोर्कमा हुनुहुन्थ्यो । त्यसबेला सेनाले सत्ता कब्जा गरेको थियो । त्यसपछि उहाँ स्वनिर्वासनमा हुनुहुन्थ्यो । उहाँले लामो समय दुबईमा बिताउनुभएको थियो । यसअघि थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आउनुभएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।

स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*