रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

बकैया दर्पण संवाददाता
४ भाद्र २०८०, सोमबार १०:२८

एजेन्सी । रुसको मानवरहित लुना–२५ अन्तरिक्ष मिसन असफल भएको छ ।

चन्द्रमाको सतहमा अवतरण गर्नुभन्दा अघि नै यान नियन्त्रण बाहिर गएपछि चन्द्रमामा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । यो लगभग ५० वर्ष पछि रूसको पहिलो चन्द्र मिशन थियो ।

रुसको अन्तरिक्ष निगम रोसकोसमोसले शनिबार बिहानबाट नैं लुना–२५ यानसँग सम्पर्क टुटेको र केही समयपछि चन्द्रमाको सतहमा ठोकिएर दुर्घटानग्रस्त भएको बताएको छ । यो यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा थियो । उक्त भागमा अहिलेसम्म कुनैपनि यान अवतरण गर्न सकेका छैनन् ।

भारतले पनि चन्द्रमाको सोही भागमा अवतरण गराउनेगरि चन्द्रयान–३ रकेट पठाईसकेको छ । उक्त रकेटले केही दिनपछि चन्द्रमामा अवतरण गर्नेछ ।

प्रायः अध्यारो रहने चन्द्रमाको दक्षिणी भागमा पानी र बहुमूल्य तत्वहरू हुनसक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*