भारतबाट इन्धनको मूल्य वृद्धि भएर आयो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने, ग्यासको घट्ने

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १५:४८

मकवानपुर । भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

ठाकुरका अनुसार आईओसीले पठाएको सूचीअनुसार नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । जसका कारण इन्धनको मूल्य बढ्न जानेछ। आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ ।

आईओसीले ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटाएर पठाएको प्रवक्ता ठाकुरले बताएका छन् । स्वचालित प्रणालीले ग्यासको मूल्य भने घट्नेछ ।

ठाकुरका अनुसार हवाई इन्धनमा पनि केही मूल्य बढेर आएको छ । यसको भने स्वचालित मूल्य अनुसार मूल्य परिवर्तन हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*