युद्ध अब मस्कोतर्फ सोझिएको जेलेन्स्कीको दाबी

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १०:३१

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले रुससँगको युद्ध अब मस्कोतर्फ सोझिएको दाबी गर्नुभएको छ ।

युक्रेनले रुसको मस्कोमा ड्रोन आक्रमण गरेलगत्तै प्रतिक्रिया दिदै जेलेन्स्कीले दुई देशबीचको युद्ध अब बिस्तारै मस्कोतर्फ फर्किरहेको दाबी गर्नुभयो । जेलेन्स्कीले रुसी भूमिमा युक्रेनले थालेको आक्रमणलाई युद्धको ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताउनुभयो ।

रुस र युक्रेनबीचको युद्ध केही साताका लागि मात्रै भन्ने सोचेको रुसले ५ सय २२ दिनमा प्रवेश गर्दा पनि आफुहरुले हार नखाएको जिकीर उहाँको थियो । युक्रेनले आइतबार मात्रै मस्कोमा ड्रोन आक्रमण गरेको थियो जुन ड्रोन रुसको सरकारी कार्यालयमा ठोकिएको थियो ।

युक्रनेले गरेको ड्रोन आक्रमणलाई हल्का ढंगले लिएको खण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई आक्रमणको औचित्य प्रमाणित गर्न मुश्किल पर्ने जेलेन्स्कीको चेतावनी थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*