नाइजरमा देशको शासन सत्ता सेनाले लिएको घोषणा

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १०:२२

एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् ।

सेनाले संविधान विघटन गर्दै देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ । पश्चिम अफ्रिकी देश नाइजरले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरेको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई टेलिफोन गरि वाशिंगटनको “अटल समर्थन“ व्यक्त गर्नुभएको बताईएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गर्दै राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव गरेको बताएका छन् । अफ्रिकी युनियनले पनि सैन्इ ‘कु’ को विरोध गरेको छ । नाइजरका राष्ट्रपति बाजुम इस्लामीक आतंकवादविरुद्धको लडाईमा पश्चिमाहरुको प्रमुख साझेदार मानिन्थे ।

टेलिभिजन घोषणामा सेनाले अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले मुलुकको दैनिक कामकाज चलाउने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*