उच्च सुरक्षा अधिकारीलाई खराब समयमा तयार रहन चिनियाँ राष्ट्रपति सीद्वारा निर्देशन

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १०:१२

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको हो । कस्तो खालको सुरक्षा चुनौती हो भन्ने नखुलाए पछि उहाँले आन्तरिक र बाह्य दुबैखाले चुनौतिका लागि तयार रहन भन्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

राष्ट्रिय सुरक्षा आयोगलाई सम्बोधन गर्ने क्रममा सी ले “देशले राष्ट्रिय सुरक्षामा सामना गरिरहेको चुनौतिहरु जटिल बनेको बताउनु भएको छ । खराब भन्दा खराब अवस्थाका लागि तयार बनेर सुरक्षा चुनौतीको आँधीको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उहाँले संकेत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*