तीसौँ जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने

बकैया दर्पण संवाददाता
१४ जेष्ठ २०८०, आईतवार ०९:४२

एजेन्सी । तीसौँ जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको हो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसाैँ कोप आयोजना गर्ने घोषणा गर्नुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

राष्ट्रपति लुलाले ट्विट गरेको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनकाबारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन यो सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गएको वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको जानकारी दिनुभएको छ । बेलेम डो पारा अमेजन जङ्गलको किनारमा अवस्थित उत्तरी ब्राजिलको एक सहर हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*