भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेकाे संख्या ३२ जना पुग्यो

बकैया दर्पण संवाददाता
५ बैशाख २०८०, मंगलवार ०९:१७

एजेन्सी । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

बिहारको चम्पारण (मोतिहारी) जिल्लामा भएको घटनामा १४ जनाको अवस्था गम्भीर रहेको हाे । घटना लगत्तै विषाक्त मदिरा बेचबिखनको आरोपमा ५ स्टेशन हाउसका अफिसर र विभिन्न प्रहरी थानाका दर्जनौ कर्मचारीलाई निलम्बन गरिएको छ ।

प्रहरीले छापा मार्ने क्रममा हालसम्म १ सय भन्दा बढीलाई पक्राउ गरेको छ । प्रहरीले हजारौं लिटर मदिरा बरामद गरेको छ । यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

भारतमा विषाक्त मदिराको सेवनबाट वर्षेनी सयौंको मानिसकाे मृत्यु हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*