युक्रेनको स्लोभ्यान्स्कमा रुसको आक्रमण : ८ जनाको ज्यान गयो

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार ०९:३२

मकवानपुर । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका समाचार संस्था अल जजिराले जनाएको छ । आक्रमणमा केही नागरिक बेपत्ता भएका खबरमा उल्लेख छ ।

ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने आशङ्कामा खोजी भैरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । साथै उहाँले आक्रमणको निन्दा पनि गर्नुभएको छ । रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको युक्रेनको दाबी छ । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*