स्पेनको भ्यालेन्सिया क्षेत्रमा आगलागी

बकैया दर्पण संवाददाता
१३ चैत्र २०७९, सोमबार ०८:४४

एजेन्सि ।  स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको छ ।

जङ्गल वरपरका एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । दर्जनाैँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक खटिए पनि आगो निभेको छैन । चर्को खडेरी र तीव्र गतिको हावाका कारण आगो निभाउन कठिन भइरहेको आगलागी नियन्त्रणमा संलग्न अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

अहिलेको आगलागीले गइकार्त वर्षको भीषण आगलागीको झल्को दिएको छ । गएको वर्ष स्पेनमा चार सय ९३ वटा आगलागीका कारण तीन लाख सात हजार हेक्टर क्षेत्र जलेको थियो । यस्तै युरोपमा गएकाे वर्ष आगलागीले सात लाख ८५ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गल ध्वस्त भएको थियो । आगलागीबाट हुने १६ वर्षमा क्षति पोहोर एकै वर्ष भएको थियो ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगलागी निकै डरलाग्दो भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण आइलागेका यस्ता विपत्तिले देशलाई ठूलो क्षति गरेको बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*