आज रूस भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार १०:१६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लाग्नुभएको हो । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

पछिल्लो समय चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्तावको पहल गरिरहेको छ । चीन र रुसबीच हुन सक्ने नयाँ सहमतिप्रति पनि विश्व जगतको तीब्र रूपमा चासो देखिएको छ ।

चीन र रुसबीच हुने सहमतिले विश्वमा नयाँ ध्रुवीकरण हुन सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरु सशंकित बनेका छन् । राष्ट्रपति सीको भ्रमणको कार्यक्रम र दुई देशबीच हुने वार्ताका एजेण्डा भने सार्वजनिक भइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*