३० जना बाैद्ध भिक्षुको म्यानमारमा सेनाले हत्या गरेको खुलासा

बकैया दर्पण संवाददाता
३० फाल्गुन २०७९, मंगलवार ११:५१

एजेन्सी । म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप लगाइएको छ ।

सेना विरुद्ध लडिरहेको सशस्त्र समूह कारेन्नी नेशनलिष्ट डिफेन्स फोर्सले सेनाले ३० जना भन्दा बढीको हत्या गरेको दावी गरेको हो । दक्षिणी म्यानमारस्थित शान प्रान्तको बौद्ध बिहारमा शरण लिई बसेकाहरुलाई लाइनबद्ध गरी गोली हानी हत्या गरेको दावी विद्रोही पक्षको छ ।

सोही समूहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको दृश्यमा अधिकांश बौद्ध भिक्षुका शव रहेका छन् । बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।

दुई वर्ष अघि म्यानमारमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता हत्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*