चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्यायो

बकैया दर्पण संवाददाता
२२ फाल्गुन २०७९, सोमबार १०:२३

मकवानपुर । चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ ।

हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई प्रतिशत पुर्याएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।

मस्यौदा बजेट अनुसार रक्षा बजेट दुई सय २४ अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । गएको वर्ष रक्षा क्षेत्रको बजेट सात दशलमव एक प्रतिशत थियो । पश्चिमा देशहरुले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भन्नुभएको बीबीसीले जनाएको छ । चीनको रक्षा बजेट संयुक्त राज्य अमेरिकाको झण्डै एक चौथाइ हो ।

ताइवानको विषयलाई लिएर बढेको अमेरिका–चीन तनाव पछिल्लो समय अमेरिकी आकासमा देखिएका बेलुनपछि थप बढेको छ । यस्तै उत्तरपूर्वी एसियामा बढिरहेको हतियारको होडबाजीका कारण पनि चीनले रक्षा बजेट बढाएको विश्लेषकहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*