बंगलादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०९:०४

मकवानपुर । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विस्फोट भएको थियो ।

विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले गएराति आठ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सकेको थियो । खोज तथा उद्धारको काम भने राति अबेरसम्म पनि जारी थियो । समाचार एजेन्सी रोयटर्सले विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकृतहरुले २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् । घटनाबारे पीडित परिवारलाई जानकारी दिन स्थानीय प्रशासनले सूचना केन्द्र स्थापना गरेको छ ।

सन् २०२२ को ४ जूनमा बंगलादेशमा अक्सिजन प्लान्ट नजिकको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*