अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार ०९:२४

मकवानपुर । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् ।

सबैभन्दा बढी क्यालिफोर्निया राज्य प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढी र डुबानको अवस्था छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय सरकारले समुद्री किनार बन्द गराएका छन् । क्यालिफोर्निया, टेक्सास र ओक्लाहोमामा करिब एक लाख जना बिजुलीविहीन अवस्थामा रहेको बीबीसीले उल्लेख गरेको छ । प्रभावित क्षेत्रका भिडियो फुटेजहरुमा चारपांग्रे सवारी साधन लडाएको र घरका छाना उडाएको देखिन्छ ।

मौसमविदहरुले अमेरिकाको मध्यपश्चिम क्षेत्रको मौसम एक हप्तासम्म खराब हुने पूर्वानुमान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*