टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

बकैया दर्पण संवाददाता
२३ माघ २०७९, सोमबार १०:२१

एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो । धेरै भवनहरु ध्वस्त भएको र धेरै मानिसहरु फसेको र उद्दार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*