‘शिवम् सिमेन्टको उपहार योजनाले निर्माण जगतलाई ऊर्जा दिनेछ’ : निखिल अग्रवाल

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १९:५५

मकवानपुर । नेपालका निजी क्षेत्र यतिबेला मुलुक आर्थिक मन्दीतर्फ उन्मुख रहेको बताइरहेको छ । लगानीयोग्य पूँजीको अभाव, घट्दो राजश्व सूचक, सरकारको कमजोर खर्च, अन्तर्राष्ट्रिय व्यापारमा संकुचन लगायत कारणले समग्र बजार प्रभावित भएको निजी क्षेत्रको भनाइ छ ।

त्यसो त, नयाँ सरकार आएसँगै ‘अर्थतन्त्र चलायमान बनाउन’ नेपाल राष्ट्र बैंकको सहकार्यमा केही नीतिगत सहजीकण सुरु भएको छ । तर, बजारले गति लिनसकेको छैन । नेपाली निर्माण जगतमा परिचित शिवम् सिमेन्टले भने समग्र अर्थतन्त्र मन्दीको अन्योलमा रहेकै बेला नयाँ बजार नीति अघि सारेको छ । सिमेन्ट खरिदमा उपहारमार्फत ग्राहक आकर्षित गरेर निर्माण क्षेत्रलाई चलायमान गराउने नीति ल्याएको शिवम्‍का बजार तथा बिक्री उपाध्यक्ष निखिल अग्रवाल बताउँछन् । नेपाली सिमेन्टमा यो उपहार योजना इतिहासकै सबभन्दा ठूलो भएको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*