सरकारको पेन्सन सुधार कार्यक्रमविरुद्ध फ्रान्समा प्रदर्शन

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १२:५२

एजेन्सी । फ्रान्सले अघि सारेको पेन्सन सुधार कार्यक्रम विरुद्ध प्रदर्शन भएको छ । संसद्मा प्रस्तुत हुन लागेको नयाँ विधेयकमा मानिसहरूले ६२ नभएर ६४ वर्षको औपचारिक उमेरसम्म काम गर्न पाउने प्रावधानलाई अघि सारिएको छ ।

यसैको विरोधमा भएको हडताल जुलुसका कारण अन्तरनगर तथा यात्रुवाहक ट्रेन सेवाहरू अवरुद्ध हुन पुगेका छन् । अधिकांश विद्यालय र अन्य सार्वजनिक सेवाहरू बन्द भएको बीबीसीले जनाएको छ । फ्रान्सका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यसै महिनाको सुरुमा उल्लेख गरेका प्रस्तावहरूअन्तर्गत आगामी सन् २०२७ देखि कुनै पनि सरकारी कर्मचारीले पूर्ण निवृत्तिभरणको लागि योग्य हुन ४३ वर्ष काम गर्नु पर्नेछ । यो अनिवार्य सेवा अवधि अहिले ४२ वर्ष रहेको छ ।

यसै साता आईएफओपीले गरेको सर्वेक्षणअनुसार सरकारले यो सुधार कार्यक्रमले फ्रान्सको सेयर–आउट पेन्सन सिस्टमको सुरक्षा गर्ने भन्दै स्वागत गरेको छ भने ६८ प्रतिशत जनता यसको विपक्षमा उभिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*