न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

बकैया दर्पण संवाददाता
५ माघ २०७९, बिहीबार ०८:५७

मकवानपुर । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।

उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*