ब्राजिलमा सरकारविरोधी गतिविधिमा सङ्लग्न १५ सय जना पक्राउ

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार ०९:५९

एजेन्सी । ब्राजिलमा सरकारविरोधी गतिविधिमा सङ्लग्न रहेको आरोपमा झण्डै १५ सय जना पक्राउ परेका छन् । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियामा रहेको राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेपछि झण्डै १५ सय जना पक्राउ परेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सपथ लिएको एक हप्तापछि दङ्गा भएको हो । सिल्भाले आतङ्कवादी कार्यको निन्दा गर्दै दोषीहरूलाई सजाय दिने वाचा गर्नुभएको छ । पूर्व राष्ट्रपति बोल्सोनारोले गत महिना भएको चुनावमा आफू पराजित भएपनि हार स्वीकार्नुभएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*