विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६४ करोडभन्दा धेरै

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार ०९:५७

एजेन्सी । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६४ करोड नाघेको छ । गत २४ घण्टामा २ लाख ६७ हजारभन्दा धेरै सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ६४ करोड एक लाख भन्दा धेरै भएको हो ।
सन् २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक देखिएको कोरोना सङ्क्रमण अहिलेसम्म विश्वका २ सय २९ देशका ६६ करोड ८८ लाखभन्दा धेरैमा पुष्टि भइसकेको छ । जसमध्ये ६७ लाख १४ हजारको मृत्यु भएको छ । अझैपनि २ करोड १९ लाख सक्रिय सङ्क्रमित रहेकामा ४८ हजारको अवस्था जटिल र बाँकीको सामान्य रहेको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आइरहेको वल्डोमिटरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*