सावधान ! नियमित मासु खानुहुन्छ ? एकपटक अवश्य पढ्नुहोस

बकैया दर्पण : बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ । दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ । अध्ययनमा...

सिन्धुली बलेरो दुर्घटना : दुईको मृत्यु

बकैया दर्पण :  सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।...

बञ्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

बकैया दर्पण : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। मकवानपुर कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन पक्राउ परेका हुन्। सोमबार साँझ मंगलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी...

मकवानपुरमा युवकद्वारा बन्चरोले हानेर श्रीमतीको हत्या

बकैया दर्पण : मकवानपुरमा एक युवकले सोमबार बेलुका श्रीमतीको हत्या गरेका छन । कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका छन् । मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको...

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख १० हजार परीक्षार्थी

बकैया दर्पण : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा बुधबार शुरु हुँदैछ। यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र...

बागमती प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री कुन्दनराज काफ्लेलाई

मकवानपुर : बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन्। मुख्यमन्त्री बहादुर सिंङ लामाले मन्त्री काफ्लेलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनी यसअघि विनाविभागीय मन्त्री थिए। उनी गत श्रावण ९ गते विनाविभागीय मन्त्री नियुक्त भएका थिए।...

यी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

बकैया दर्पण : गण्डकी प्रदेशका केही तथा कोशी, बागमती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम...

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदै

बकैया दर्पण : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैँछन्। ३० असारमा प्रधानमन्त्री नियुक्त भई ३१ गते शपथ लिएका ओलीले आइतबारका प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

भारी वर्षाका कारण हनुमन्ते खोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

बकैया दर्पण : लगातार परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय,...

पहिरो आउन लागेको कसरी थाहा पाउने ? पहिरो जान नदिन पूर्वतयारी कसरी गर्ने ?

बकैया दर्पण : मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ । वर्षाको समयमा तुलनात्मक रुपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्वतयारी अपनाउन सकिन्छ । पहिरोका पूर्वसंकेतहरु पनि देखिन्छ...