मकवानपुरमा युवकद्वारा बन्चरोले हानेर श्रीमतीको हत्या

– Bakaiya Darpan
बकैया दर्पण संवाददाता
२९ श्रावण २०८१, मंगलवार १४:४६

बकैया दर्पण : मकवानपुरमा एक युवकले सोमबार बेलुका श्रीमतीको हत्या गरेका छन । कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका छन् ।

मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको वडाध्यक्ष छेकु लामाले बताए ।

छिमेकीले घटना थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए । प्रहरीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखिएको छ । उनीहरूको १३ महिनाकी छोरी रहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*