बकैया गाउँपालिकमा ताला बन्दी : राष्ट्रिय प्रजातन्त्र पार्टी बकैयाको ध्यानाकर्षण

बकैया दर्पण संवाददाता
२ भाद्र २०८१, आईतवार २१:३१

बकैया दर्पण : मिति २०८१ असार ३२ गते शुक्रबार देखि बकैया गाउँपालिकाको गेटमा बकैया गाउँपालिका उपाध्यक्ष, नेकापा माओवादी केन्द्र र नेकापा एमालेको संयुक्त रुपमा ताला लगाएको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी ध्यानाकर्षण भएको बताएको छ ।

उक्त पालिकाको तालाबन्दी बाट स्थानीय सेवा ग्राहिमा पर्न गएको असरलाई तत्काल समाधान गर्न सम्बन्धि सबैमा आग्रह गरेका छन।

हाल कर्मचारी सरुवा, बढुवा, नियुक्ति तथा विकास निर्माणमा व्यक्तिगत निर्णय गर्ने गरेको भन्ने लगायतका विविधि माग राखी तालाबन्दी गरिएकोमा सर्वदलिय वार्ता टोलीमा छलफल हुँदा तत्काल समस्या समाधानको स्थिति नदेखिएकोले अविलम्ब बार्ताबाटै समस्याको समाधान निकाल्न सम्बन्धित दुबै पक्षलाई हार्दिक अनुरोध गर्दै सम्पुर्ण कार्य पारदर्शि तथा सेवाग्राही प्रति लक्षित भई अगाडि बढ्नसमेत राप्रपा गाउँ कमिटी बकैयाका अध्यक्ष जोकबहादुर स्याङतानले गम्भिर ध्यानाकर्षण गराएको बताउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*