सिन्धुली बलेरो दुर्घटना : दुईको मृत्यु

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८१, बिहीबार १०:५१

बकैया दर्पण :  सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।

मृतकको पहिचान खुलेको छैन। घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको उनले बताए।

दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*