बागमती प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री कुन्दनराज काफ्लेलाई

मकवानपुर : बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन्। मुख्यमन्त्री बहादुर सिंङ लामाले मन्त्री काफ्लेलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनी यसअघि विनाविभागीय मन्त्री थिए।
उनी गत श्रावण ९ गते विनाविभागीय मन्त्री नियुक्त भएका थिए। गत श्रावण ८ मा नेपाली काँग्रेस, एमालेको समर्थनमा लामा मुख्यमन्त्री नियुक्त भएका थिए। उनीसँगै ३ जना विनाविभागीय मन्त्री नियुक्त भएका थिए।
कुन्दनराज काफ्लेलाई आर्थिक मामिला मन्त्रालय ,सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन् ।
सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट दोलखा क्षेत्र-१ (ख) बाट काफ्ले निर्वाचित भएका थिए। उनले आइतबार नै कार्यभार सम्हाल्ने छन्।