नगरकोट जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

बकैया दर्पण संवाददाता
२ भाद्र २०८१, आईतवार २१:५९

बकैया दर्पण : भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका ३ भारतीय पर्यटक र एकजना नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जंगलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए।

पर्यटक जंगलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गरेका थिए।

लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जंगलमा खोजी गर्ने क्रममा आज हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू फेला परेका थिए।

हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*