हेटौंडा-५ सितानगर टोलमा एमालेको प्रचारप्रसार कार्यालय

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ । पार्टी जिल्ला सचिवालय सदस्य इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा आज बुधबार कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्दै सचिवालय सदस्य...

कांग्रेस मकवानपुरको अनुशासन समिति संयोजकमा दाहाल

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ ।कांग्रेस मकवानपुरको चैत २० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल, रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय...

मकवानपुरको कैलाशबाट समाजवादीका उम्मेदवार सिफारिस

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) कैलाश गाउँ कमिटीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टीले कैलाश गाउँपालिका अध्यक्षका लागि कालु ढकाल, टंक मुक्तान र कमल तितुङको नाम सिफारिस गरेको छ । यस्तै, उपाध्यक्षमा फूलमाया गोले र...

भीमफेदीमा समाजवादीका उम्मेदवार सिफारिस

नेकपा (एकीकृत समाजवादी) भीमफेदीले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९ वडामा अध्यक्षको सिफारिस गरेको छ । पार्टीले गाउँपालिका अध्यक्षमा शिवहरि बर्तौला, उपाध्यक्षमा गोमा लामालाई सिफारिस गरेको हो । यस्तै, वडा अध्यक्षहरुमा १ मा सुनिल गोले र जीवन...

काँग्रेस मकवानपुरमा लगाइएको ताला सभापति लामाले खोले

गठबन्धनबाट हेटौंडाको मेयर नेपाली काँग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा लगाएको ताला खोलिएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव...

हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिले यहि बैशाख १० गते हेटौंडामा जर्नालिजम अवार्ड गर्न लागेको हो । एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड...

हेटौँडामा एक्लै निर्वाचन लड्ने कांग्रेसको निर्णय

मकवानपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले गठवन्धनबाट निर्वाचन भाग नलिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको हेटौँडा उपमहानगरपालिकाको पदाधिकारी तथा...

माओवादी थाहानगरको मेयरमा ३ जना उम्मेद्वारी सिफारिस

मकवानपुर । नेकपा माओवादी केन्द्रले मकवानपुर थाहा नगरपालिकाका सबै वडाहरुसहित मेयरको उम्मेदवारहरुको सिफारिस गरेको छ । माओवादी थाहानगरका अनुसार ५ वैशाखमा माओवादी नगर कमिटीको बैठकले निवर्तमान नगर अध्यक्ष अरुण रायमाझी, बागमती प्रदेश सदस्य विष्णु विष्ट र हालका ३ नम्बर...

कांग्रेस हेटौँडाबाट मेयरमा आनन्दराम पराजुली सहित ३ जनाको नाम सिफारिस

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ। आइतबार बसेको कांग्रेस हेटौँडा नगर कार्य समितिको...

चुनावी तालमेल गर्न एमाले र राप्रपा नेपालबीच मकवानपुरमा बैठक बस्दै

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा राप्रपा नेपालले केन्द्रको निर्णय अनुसार नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । सोही सन्दर्भमा छलफल गर्न राप्रपा नेपाल र एमालेबीच आज बैठक हुने भएको हो । राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले...