एमाले हेटौंडा-१६ द्वारा पहिलो चरणको घरदैलो सम्पन्न

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ कमिटीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको...

निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रामक प्रचार गर्यो – हेटौंडा १८ अध्यक्ष उम्मेद्वार बाँनिया

मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार अनिल बाँनियाले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् । निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता...

एमाले हेटौंडा ५ ले पहिलो चरणको घरदैलो सक्यो

मकवानपुर । नेकपा एमाले हेटौंडाले आसन्न स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकेको छ । मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकिएको हो । अभियानको क्रममा...

मकवानपुरमा लोडर दुर्घटना, तीन चिनियाँ नागरिकको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

बागी उम्मेदवारी दिनेलाई एमाले मकवानपुरद्वारा कारवाही

मकवानपुर । आसन्न स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ । पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानिय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई कारवाही गरिएको हो । पार्टी...

हेटौँडा–५ का स्वतन्त्र उम्मेदवार महतले पाए चुनाव चिह्न ‘धारा’

मकवानपुर । हेटौँडा एमालेबाट हेटौँडा –५ को वडा अध्यक्षको लागि टिकट दिने प्रकियामा असन्तुष्टि ब्यक्त गर्दै स्वतन्त्रबाट उम्मेद्वार दिएका बिशालराज महतले चुनाव चिह्न ‘धारा’ पाएका छन् । नेकपा मालेबाट गत स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष पदका उम्मेदवार...

शैक्षिक क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने एमाले उम्मेदवारको भनाई

मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफुहरु निर्वाचित भएको खण्डमा हेटौंडाको शिक्षा क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने बताउनुभएको छ । बिहिबार भएको ञविद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवारझ कार्यक्रममा विद्यार्थीहरुको...

हेटौंडामा ४४ जनाले लिए उम्मेदवारी फिर्ता

मकवानपुर । हेटौंडा उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तीनजना मेयर र दुईजना उपमेयरसहित ४४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयरमा जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र...

एक साथ दुई कृति लिएर आए साहित्यकार मसान

मकवानपुर । मकवानपुरे साहित्यकार मसान उपासकले एक साथ दुई कृति लिएर पाठक माझ आएका छन् । लामो समयदेखि साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकसाथ ल्याएका हुन् । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वार लिखित कविता...

गढीमा गाउँपालिका अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी

स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १ सय ४५ जनाले मनोनयन दर्ता गरेका छन् । ८ वटा वडा कार्यालय रहेको गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा १ सय ४५ जनाले उम्मेदवारी दर्ता रहेको निर्वाचन अधिकृत नारनप्रसास...