मकवानपुरमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–३ कालिदमारमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । मनहरी गाउँपालिका ३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, २४ वर्षीय राजकुमार प्रजा र मनहरी गाउँपालिका ४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजाको...
आज विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी
मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले...
शनिबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
मकवानपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गत पुस २५...
महालेखा परीक्षकको प्रतिवेदन बागमतीका प्रदेश प्रमुखलाई बुझाइयो
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई...
मकवानपुरमा सबैभन्दा कम बेरुजु राख्नेमा बकैया
मकवानपुर । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा रहेको छ । बकैया गाउँपालिकामा ०.७ प्रतिशत मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । मकवानपुरमा सबैभन्दा धेरै बेरुजु भएको स्थानीय...
हेटौंडाका तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीबाट अवैध लागूऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१०,...
हेटौंडाकी विन्दबासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाको निर्णय
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडाकी विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । सांसद ढाकाकुमार श्रेष्ठ अडिओ प्रकरणमा मुछिएपछि उनको स्थानमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा...
बागमती प्रदेश सरकारमा कांग्रेसबाट दुईजना मन्त्रीको सपथग्रहण
मकवानपुर । बागमती प्रदेश सरकारमा कांग्रेसको औपचारिक प्रवेश भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री मण्डल विस्तार गरेसँगै कांग्रेसका दुईजना मन्त्रीहरुको सपथग्रहण भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री तथा तिर्थ...
बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरेर आजै बेलुकी शपथ खुवाइँदै
मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । दुई जना मन्त्रीलाई आज बेलुकी नै शपथ खुवाउने तयारी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने...
बाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै
मकवानपुर । बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएको १६ औं दिनमा आइतवार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सत्ता गठबन्धनभित्र भागबण्डा नटुंगिएका कारण आज नेपाली कांग्रेसका दुई जनामात्रै सरकारमा...










