हेटौंडाका तीन जना पक्राउ

बकैया दर्पण संवाददाता
३ बैशाख २०८०, आईतवार ०९:२१

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीबाट अवैध लागूऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१०, न्युरेनी बस्ने ४१ वर्षीय होमबहादुर थापा मगर, सोही ठाउँ बस्ने २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११, थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएं ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शनिबार साँझ साढे ६ बजेको समयमा विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले होमबहादुर मगरको घरमा चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रित लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*