मकवानपुरमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

बकैया दर्पण संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०६:४३

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–३ कालिदमारमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।

मनहरी गाउँपालिका ३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, २४ वर्षीय राजकुमार प्रजा र मनहरी गाउँपालिका ४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजाको मृत्यु भएको हो।घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मनहरी गाउँपालिका ३ हाँडिखोलाका वर्ष २४ का अमृत प्रजा र ठेगाना नखुलेका वर्ष ४५ को जोखलाल प्रजा घाइते भएका छन्।

कालिदमारस्थित भित्री सडक–खण्डमा मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर सोमबार बेलुकी अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी च्यापिएको अवस्था घाइतेलाई एम्बुलेन्समार्फत उपचारका हेटौँडा पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उपचार हेटौँडा उपमहानगरपालिका ११ स्थित चुलेहिल अस्पतालमा भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*