आर्थिक संकटको मारमा सिलिङमै १० प्रतिशत कटौती गर्दै नयाँ बजेट बनाउँदै बागमती प्रदेश सरकार

मकवानपुर । आर्थिक संकटको मारमा बागमती प्रदेश सरकारले नयाँ बजेटको तयारी गरिरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको तयारी अगाडि बढाएको हो । ११ वटा मन्त्रालयहरूलाई सिलिङ बजेट तोकेर योजना माग गरिसकेको प्रदेशको आर्थिक...

बागमती प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक भोली बैशाख १२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेशस्तरको शिक्षा व्यवस्थापन तथा...

मकवानपुरमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–३ कालिदमारमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । मनहरी गाउँपालिका ३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, २४ वर्षीय राजकुमार प्रजा र मनहरी गाउँपालिका ४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजाको...

आज विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले...

शनिबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मकवानपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गत पुस २५...

महालेखा परीक्षकको प्रतिवेदन बागमतीका प्रदेश प्रमुखलाई बुझाइयो

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई...

मकवानपुरमा सबैभन्दा कम बेरुजु राख्नेमा बकैया

मकवानपुर । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा रहेको छ । बकैया गाउँपालिकामा ०.७ प्रतिशत मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । मकवानपुरमा सबैभन्दा धेरै बेरुजु भएको स्थानीय...

हेटौंडाका तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीबाट अवैध लागूऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१०,...

हेटौंडाकी विन्दबासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडाकी विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । सांसद ढाकाकुमार श्रेष्ठ अडिओ प्रकरणमा मुछिएपछि उनको स्थानमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा...

बागमती प्रदेश सरकारमा कांग्रेसबाट दुईजना मन्त्रीको सपथग्रहण

मकवानपुर ।  बागमती प्रदेश सरकारमा कांग्रेसको औपचारिक प्रवेश भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री मण्डल विस्तार गरेसँगै कांग्रेसका दुईजना मन्त्रीहरुको सपथग्रहण भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री तथा तिर्थ...