गठबन्धनमा कुर्सीको समस्या सामान्य भएको देउवाको भनाई

मकवानपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

मकवानपुर । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आज मंगलबार स्थगित भएको छ । पदाधिकारी चयनलगायतका विषयमा शीर्ष तहका नेताहरूबीच छलफलका लागि आजको बैठक स्थगित गरिएको हो । यसअघि सोमबारको बैठकमा सहभागीहरूले चालु बैठकबाटै पदाधिकारी, स्थायी समिति...

बाबुराम पक्षले बोलायो समानान्तर बैठक

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी...

माओवादी बैठकमा आज प्रचण्डले जवाफ दिने

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा आज मंगलबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिनुहुनेछ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रश्नहरुमाथि जवाफ दिन लाग्नुभएको हो । सोमबारको बैठकमा केन्द्रीय समितिको...

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, बैठकमा सभापति देउवा नजाने

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ । बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि...

सरकारले अति नै गरेपछि बोल्न आएको संसदमा ओलीको प्रष्टिकरण

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सरकारप्रति लक्षित गर्दै इनफ भएपछि बोल्न आएको बताउनुभयो । उहाँले मन्त्रीहरू र...

मन्त्रिपरिषद् हेरफेर : कृषिमा सिंह, भौतिकमा राई

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०बाट सरकारमा गएको तीन मन्त्री परिर्वतन भएका भएका हुन् । प्रधानमन्त्रीले वन मन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह...

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष...

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो...

माओवादी केन्द्रीय कमिटी बैठक सुरु

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिती बैठक सुरू भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए...