आज जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन

मकवानपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाको...

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी तत्काल फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

मकवानपुर । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो...

सरकारको निर्णय : पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने

मकवानपुर । सरकारले संघीय संसदको बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित...

एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १४ गते हुने

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १४ गते हुने भएको छ । निर्वाचन हेटौंडास्थित पार्टी कार्यालयमा हुने भएको हो । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया सर्वसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने...

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

मकवानपुर । नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको...

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, सबैले लिए शपथ

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी वरिष्ठ उपाध्यक्ष...

प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिएका हुन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री...

पुष्पकमल दाहाल प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

मकवानपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका...

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

मकवानपुर । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन् । सोमबार संसद...

जनमत पार्टीले पायो उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री

मकवानपुर । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए । सत्ता गठबन्धनको बैठकपछि राउतले भने,...