सरकारको निर्णय : पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने

बकैया दर्पण संवाददाता
१२ पुष २०७९, मंगलवार १०:४८

मकवानपुर । सरकारले संघीय संसदको बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको बताएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए । संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशनमा संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*