प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, सबैले लिए शपथ

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १६:५४

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।

जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

यसैगरी, ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ ।

सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*