प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १६:४६

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिएका हुन् ।

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् ।

एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*