एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १४ गते हुने

बकैया दर्पण संवाददाता
१२ पुष २०७९, मंगलवार १०:०९

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १४ गते हुने भएको छ । निर्वाचन हेटौंडास्थित पार्टी कार्यालयमा हुने भएको हो ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया सर्वसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने संभावना रहेको छ । बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीको लागि दावी गरेको छ । थपलीया केपी शर्मा ओली निकट हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको छ । विगतमा पनि बाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक बागमती प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने माओवादीको माग छ ।

माओवादीबाट संसदीय दलको नेताका लागि शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*