जनमत पार्टीले पायो उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १५:०८

मकवानपुर । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।

पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए । सत्ता गठबन्धनको बैठकपछि राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।’ यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए । अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । ३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो । जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*