प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १५:२२

मकवानपुर । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन् ।

सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकले श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो । श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन् । यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका हुन् ।

आइतबार नियुक्त प्रधानमन्त्री प्रचण्डसहित तीन जना उपप्रधानमन्त्रीहरूले आज दिउँसो ४ बज शपथ लिँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*