बकैयादर्पणमा बिहान १० बजेसम्मका १० खबरहरु

१. प्रदेश १ ले आज सभामुख पाउने मकवानपुर । प्रदेश १ ले आज सभामुख पाउने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको पहिलो बैठकले माओवादीका बाबुराम गौतमलाई सभामुख घोषणा गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।...

निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै

मकवानपुर । आगामी माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप– निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै छ । उक्त निर्वाचनको लागि बुधबारसम्म दुई वटा दलले मात्रै निवेदन दिएको निर्वाच्न आयोगले...

बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, निर्वाचनको...

गठबन्धनको बैठक आज बस्दै

मकवानपुर । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको...

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा

मकवानपुर । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले बुधबार २५ जना सांसदको...

शुक्रबार प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते अर्थात शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।...

गृहमन्त्री रवि लामिछानेको प्रहरीलाई निर्देशन फरार सांसद महतोलाई पक्राउ गर्न

मकवानपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले सो कुराको जानकारी गराएका हुन्...

एमालेका लीला गिरीले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दावी पेश

मकवानपुर । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नुभएकाे छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीकाे लागि दावी पेश गरेका गर्नुएकाे हाे । गिरीलाई ५८ जना प्रदेश...

जसपाका सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

मकवानपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना...

मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको जम्मकट्टेलले माघ ३ गते मंगलबार विश्वासको मत लिनु हुने भएको हो । विश्वासको मत...