एमालेले र माओवादीले टुंग्यायो मन्त्रीहरुको नाम

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार ११:५५

मकवानपुर । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) र माओबादीबाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले नेकपा (एमाले)बाट चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् । मंगलबार नियुक्त हुने मन्त्रीहरूमा डा। विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेको एमाले स्रोतले जनाएको छ । यस्तै, राज्यमन्त्रीमा किरण साह र राजकुमार गुप्ता रहेका छन् ।

यसअघि एमालेबाट मन्त्री बनेका राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले मन्त्रालय पाउन सकेका छैनन् । मंगलबार उनीहरूको जिम्मेवारी समेत तोकिने छ । स्रोतका अनुसार एमालेले अर्थसहित परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले पनि पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुनेछ । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा माओवादीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री बनिसक्नु भएको छ ।

राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*