प्रचण्ड नेतृत्वको क्याबिनेट : कसको वरीयता कुन ? (सूचीसहित)

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार १५:०९

मकवानपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा १९ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त भएका छन्। मंगलबार भएको शपथग्रहणपछि २३ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको हो।

उपप्रधानमन्त्रीहरू चारजना रहेका छन्। जसअनुसार विष्णुप्रसाद पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात, रवि लामिछाने गृह र राजेन्द्रप्रसाद लिङ्देन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहेका छन्। वरीयता क्रममा पौडेल प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा छन् भने श्रेष्ठ, लामिछाने र लिङ्देन क्रमशः तेस्रो, चौथो र पाँचौं वरीयतामा रहेका छन्।

यस्तै मन्त्रीहरूमा रेखा शर्मा सञ्‍चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खानेपानी, डा. विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्‌ख्या छन् ।

यसैगरी भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका छन् ।

राज्यमन्त्रीहरूमा सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्या र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।

मन्त्रीमा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी रेखा शर्मा छैटौं वरीयतामा छिन् भने विक्रम पाण्डे सातौं वरीयतामा रहेका छन् । राज्यमन्त्रीको वरीयतामा सुशीला सिर्पाली ठकुरी पहिलो नम्बरमा छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दीपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा रहेका छन् ।

दुईवटा मन्त्रालय अझै खाली छन्। युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयले अझै मन्त्री पाउन सकेको छैन । दुईवटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने भएका छन्। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीका लागि दुईवटा मन्त्रालय राखिएको स्रोतको दाबी छ। जसपाले अझै सरकारमा जाने वा नजाने निर्णय गरिसकेको छैन ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ – प्रधानमन्त्री एवं वन तथा वातावरण,युवा तथा खेलकूद मन्त्रालय
विष्णु पौडेल – उपप्रधान तथा अर्थमन्त्री
नारायणकाजी श्रेष्ठ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री
रबि लामिछाने- उपप्रधान तथा गृहमन्त्री
राजेन्द्र लिङ्देन – उपप्रधान तथा ऊर्जामन्त्री
रेखा शर्मा – सञ्चार, सूचना प्रविधिमन्त्री
अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
सुदन किराँती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
दामोदर भण्डारी – उद्योगमन्त्री
राजेन्द्र कुमार राई – भूमि व्यवस्था तथा सहकारीमन्त्री
ज्वाला कुमारी साह – कृषिमन्त्री
डा. विमला राई पौडेल – परराष्ट्रमन्त्री
पदम गिरी – स्वास्थ्य मन्त्री
हरि उप्रेती -रक्षा मन्त्री
भगवती चौधरी – महिला तथा बालबालिकामन्त्री
शिशिर खनाल – शिक्षामन्त्री
डिपी अर्याल -श्रम तथा रोजगारमन्त्री
विक्रम पाण्डे – शहरी विकासमन्त्री
ध्रुव बहादुर प्रधान – कानूनमन्त्री
अब्दुल खान – खानेपानीमन्त्री
तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
दीपक सिंह – उर्जा राज्यमन्त्री
सुशीला श्रीपाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*