सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने अध्यक्ष ओलीको भनाई

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनुभएको छ । अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता...

आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

मकवानपुर ।  प्रतिनिधि सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ । छलफलका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति शुक्रवार संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको...

राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

मकवानपुर ।  सरकारले बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो...

बागमतीको भागबण्डा विवाद बालुवाटारमा मिल्यो, आइतबार सरकार विस्तार

मकवानपुर । बागमतीमा मन्त्रालय भागबन्डालाई लिएर भएको विवाद बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा मिलेको छ ।भागबन्डा विवाद नमिल्दा माओवादी नेतृत्वको बागमती सरकार निरन्तर दबाबमा परेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।...

बकैयामा कांग्रेसको कार्यकर्ता भेला तथा अन्तरक्रिया

मकवानपुर । नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ को आयोजनामा बिहीबार हात्तिसुँडेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको मकवानपुर क्षेत्र...

आज दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले...

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

मकवानपुर । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको...

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

मकवानपुर । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन...

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । ठगी धन्दामा संलग्न भएको आरोपमा प्रहरीले हिजो थप दुई जनालाई पक्राउ गरेपछि पक्राउ पर्नेको सङ्ख्या १६ जना पुगेको हो । हिजो पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ...

राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री दाहालको भनाई

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै...