सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने अध्यक्ष ओलीको भनाई

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार १५:२९

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनुभएको छ ।

अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरुले पनि यसलाई स्विकार गर्न नहुने बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ नेपाली काँग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकीर गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने बताउनुभयो । उहाँले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने रहेको पनि दोहोर्‍याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*