राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री दाहालको भनाई

बकैया दर्पण संवाददाता
४ जेष्ठ २०८०, बिहीबार १५:४९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताउनुभएको हो ।

उहाँले आफूहरु नेपालको एक इन्च जमिनपनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताउनुभयो । उहाँले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताउनुभयो । त्यस्तै, प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रश्नको जवाफ दिँदै उहाँले सीमा सम्बन्धी सबै समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभयो । उहाँले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउन कुटनीतिक पहलहरु जारी रहेको बताउनुभयो ।

उहाँले नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि नलिने सिद्दान्तमा अडिग रहेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*