राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयक टेबुल
मकवानपुर । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएकाे...
एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी
मकवानपुर । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक मंसिर ४ मा हुन गईरहेको...
राष्ट्रिय सभाको बैठक आज बस्दै
मकवानपुर । राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पुनः पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको छ । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ । आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन...
नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे प्रधानमन्त्री देउवाकाे भनाई
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे बताउनुभयाे । शनिबार शहरी विकास मन्त्रालयले बुटवलमा बनाएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले मुलुकमा चुनौतीहरू थपेको बताउँदै त्यसलाई व्यवस्थित...
प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित...
आज पनि एमालेको केन्द्रीय कमिटी बैठक जारी
मकवानपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शनिबार पनि जारी रहने भएको छ । बैठक बिहान १०ः३० बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार शनिबारको बैठकमा पनि समूहगत छलफलले निरन्तरता...
प्रचण्डको दावी : भदौ १५ भित्रै सिट बाँडफाँटको टुंगो लाग्ने
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ...
ओलीको प्रतिवेदनमा गठबन्धनको आलोचना ( प्रतिवेदनको पूर्ण पाठ )
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओलीले १९ पृष्ठको प्रतिवेदन पेश गर्नु भएको हो । ओलीले...
भदौ १२ गतेबाट मकवानपुरमा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु
मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरले भाद्र १२ गतेबाट ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु गर्ने भएको छ । सत्तारुढ काङ्ग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो । भाद्र ४ गते बसेको केन्द्रिय समितिको बैठकले...









