समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

बकैया दर्पण संवाददाता
१२ भाद्र २०७९, आईतवार १०:३७

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ ।

आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न दिएको समयअनुसार आइतबार अन्तिम दिन हो । समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ । निवेदन दिँदा प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचन निर्देशिका २०७९ को अनुसूची–२ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्तै, प्रदेशसभा सदस्यका लागि भने समानुपातिक निर्वाचन निर्देशिका २०७९ को अनुसूची-४ अनुसार राजनीतिक दलले आफ्नो दल दर्ता गर्नुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*