नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे प्रधानमन्त्री देउवाकाे भनाई

बकैया दर्पण संवाददाता
११ भाद्र २०७९, शनिबार १५:२०

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे बताउनुभयाे । शनिबार शहरी विकास मन्त्रालयले बुटवलमा बनाएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले मुलुकमा चुनौतीहरू थपेको बताउँदै त्यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयाे । व्यवस्थित र नयाँ शहरको विकास गर्न र शहरी क्षेत्रका बासीन्दालाई आर्थिक सामाजिक काम गर्न ठोस कार्यक्रम सुरु गर्नुपर्ने उहाँले बताउनुभयाे । योजनाबद्ध शहरलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले काठमाडौं जस्ता ठूला शहरमा मानिसहरूको जनघनत्व अनियन्त्रित रुपमा बढेकाले त्यसलाई रोक्नका लागि हिमाल र पहाडमा शहर निर्माण गर्नुपर्ने बताउनुभयाे । उहाँले मुलुक संघीयतामा गएपछि गाउँ-नगरमा पूर्वाधार विकास भएको बताउँदै यसलाई दिगो र वातावरणमैत्री बनाउनुपर्ने बताउनुभयाे । प्रदेश र पालिकास्तरमा समन्वय र सहकार्य गरेर शहरी पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*